काठमाण्डु – काठमाण्डुबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि आकस्मिक अवतरण भएको छ ।
इन्जिन अफ गराएर जहाजलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ । त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।
विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सले जनाएकाे छ ।




प्रतिक्रिया