भारतमा ‘जय श्रीराम’ नारा लगाउने छात्रलाई महिला प्राध्यापकले कारवाही गरेपछि …

भारतमा ‘जय श्रीराम’ नारा लगाउने छात्रलाई महिला प्राध्यापकले कारवाही गरेपछि …

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको उत्तर प्रदेशस्थित गाजियावादमा एबीईएस इन्जिनीयरिङ कलेजको सांस्कृतिक कार्यक्रममा एक छात्रले ‘जय श्रीराम’ बोले । लगत्तै महिला प्राध्यापकले ती छात्रलाई कारवाहीस्वरूप मञ्चबाट बाहिर निकाले । प्राध्यापकले ‘आउट, आउट’ भनेर मञ्चबाट बाहिर निकालेको भिडियोमा देखिन्छ ।

यस्तो घटना सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि कलेजले महिला प्राध्यापकलाई निलम्बन गरेको छ ।

घटनाको भिडियो जाँचबुझपछि कलेज प्रशासनले प्राध्यापक ममता गौतम र डा. स्वेता शर्मालाई निलम्बन गरेको प्रबन्धक सञ्जय सिंहले जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना सम्बन्धमा उत्तर प्रदेश प्रहरीले समेत छानबिन गरिरहेको छ ।