खुला भएन राजा वीरेन्द्र शाहको भवन श्रीसदन

खुला भएन राजा वीरेन्द्र शाहको भवन श्रीसदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ –  कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो । विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो ।

सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो । बन्दाबन्दीका कारण सबै काम रोकिएको छ भने नारायणहिटी सङ्ग्रहालय र श्रीसदन बन्द छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यको यहीँ त्रिभुवन सदनमा नरसंहार भएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।