श्रीलंकाले ओमानलाई दियाे २२६ रनको विशाल लक्ष्य

श्रीलंकाले ओमानलाई दियाे २२६ रनको विशाल लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी टी–२० विश्वकप अन्तर्गत जारी खेलमा श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ ।

पल्लेकेले मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ५ विकेटको क्षतिमा २२५ रन जोड्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन रत्नायकेले ६० तथा दाशुन शनाकाले ५० रन जोडे । यस्तै, कमिन्दु मेन्डिस १९ रनमा अविजित रहँदा पथुम निसान्काले १३ रन जोडे ।

बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई तथा सुफ्यान मेहमुद र जय ओडेराले एक–एक विकेट लिए ।