श्रीलंकामा रातभरमा कर्फ्यु, अवस्था तनावग्रस्त


एजेन्सी – मुस्लिम समुदायविरुद्ध लगातार हिंसा बढ्दै गएपछि श्रीलंकामा रातभरमा कर्फ्यु लगाइएको छ ।
सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । यद्यपि यस हिंसामा कोही हताहत भएको खबर छैन ।

श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ । यद्यपि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि नै हिंसात्मक घटना बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement