श्रीराम सुगर मिलका तीन सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु – उखु किसानको करौडौं बक्यौता रकम नतिर्ने रौतहटको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिएपछि श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

रौतहट प्रहरीको पत्रका आधारमा उनीहरुको खोजी सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डीएसपी प्रमेश विष्टले जानकारी दिए । उनीहरु काठमाण्डुमा  बस्दै आइरहेको बुझिएको छ । प्रहरीले उनीहरुलाई रातभर खोजेपनि उनीहरु फेला भने परेका छैनन् ।

आफूले बक्यौता नपाएपछि उखु किसान काठमाण्डुमा आएर प्रदर्शन गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement