काठमाण्डु – फोब्र्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा नेपालबाट श्रेया गिरी छनोट भएकी छन् । फोर्ब्सले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सोसल इम्प्याक्ट बिधामा काठमाडौँकी गिरी पर्न सफल भएकी हुन् ।
२८ वर्षीया गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।लण्डनमा मास्टर गरेकी गिरी एसियाबाट फोर्ब्सको सूचीमा परेसंगै सामाजिक संजालमा उनका बारेमा चर्चा सुरु भएको छ ।
उनले नेतृत्व गरेको संस्थाले भौतिक र भर्चुअल दुवै हिसावले मानसिक परामर्श सेवा प्रदान गर्नुका साथै विभिन्न वर्कसपहरु समेत गर्दै आएको छ । कोरोना महामारी फैलिएको समयमा स्थापना भएको ह्याप्पी माइन्ड्सले विश्वभरका नेपालीहरुलाई स्वास्थ्य परामर्श सेवा दिंदै आएको छ ।
प्रतिक्रिया