एआइजीपी ज्ञवालीमाथि छानबिन गर्ने राई नेतृत्वको समितिमा को–को छन् ?

एआइजीपी ज्ञवालीमाथि छानबिन गर्ने राई नेतृत्वको समितिमा को–को छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका उजुरीमाथि छानबिन गर्न आर्थिक प्रशासन हेर्ने एआइजीपी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले पूर्णता पाएको छ । समितिले छानबिन पनि सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

समितिका सदस्यहरूमा प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिन शाखाका एसपी प्रकाश मल्ल, कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी रहेका छन् ।

ज्ञवालीविरुद्ध पछिल्लो राजनीतिक खेलोफड्कोको मौकामा पदीय मर्यादाको दुरुपयोग गरेको र चेन अफ कमाण्ड तोडेको भन्दै छानबिन शाखामा उजुरी परेको छ ।

रवि लामिछाने गृहमन्त्री बनेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को प्रमुख बनेका ज्ञवालीविरुद्ध प्रहरी मुख्यालयमा उजुरी परेपछि छानबिनका लागि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समिति बनाएका हुन् । छानबिन समिति बनाएको जानकारी कुँवरले संसद्को राज्य व्यवस्था समितिमा पनि जानकारी गराएका थिए ।

गत फागुनमा सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई सिआईबी लगिएको हो ।