काठमाण्डु– अमेरिकाबाट नेपाल फर्केका ७३ वर्षीय पुरुषको विमानमै ज्यान गएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा रहेका गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो ।
टिके ७२६ फ्लाइटमा सवार मरहठ्ठा सामाखुशी बस्नदै आएको प्रहरीले जनाएको छ ।
मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए । अचेत फेला परेपछि विमानस्थल सुरक्षा प्रहरीले गौशाला प्रहरी वृत्तलाई बोलाएको थियो ।
महरठ्ठाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।




प्रतिक्रिया