सिचुआन एयरलाइन्सले छेङ्दु–पोखरा चार्टन उडान गर्ने


काठमाण्डु – चीनको सिचुआन एयरलाइन्सले छेङ्दु–पोखरामा चार्टन उडान गर्ने प्रस्ताव राखेको छ । सिचुवानले कोभडिपछि अहिले हप्तामा आइतबार, सोमबार, बुधवार र शुक्रवार चार दिन काठमाण्डु छेन्दु नियमित उडान गर्दै आएको छ ।

सिचुवानले नेपाल नागरिक उड्डयन प्राधिकरणमा हप्ताको दुई दिन चार्टड उडान गर्ने प्रस्ताव गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिना हुंदासम्म एउटा पनि अन्र्तराष्ट्रिय उडान हुन सकेको छैन् । जसले गर्दा यो विमानस्थल निर्माण गर्नु नै गलत भएको भनाईहरु समेत आइरहेका छन् ।

पोखरा विमानस्थल चिनियां लगानीमा बनेको एयरपोर्ट हो । पोखराबाट भारत र चीनका विभिन्न शहरमा सिधा उडानको माग भएपनि भारतले भने अनुमति नदिने अडान राख्दै आएको छ ।

चीनको सिचुवान एयरलाइन्सले २१ जुनमा चार्टड उडान गर्ने तय भएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दियो । चीनका अन्य शहरमा समेत पोखरा विमानस्थलबाट नियिमत उडानको लागि गृहकार्य भइरहेको छ ।

पोखरा विमानस्थलमा बुद्ध,यती र सौर्यले नियमित उडान भर्दै आएका छन् । तर, यहांबाट अन्र्तराष्ट्रिय उडान भने अहिलेसम्म हुन सकेको थिएन ।

पोखराबाट उडान भर्नका लागि विभिन्न वायुसेवा कम्पनीले अध्ययन गरिरहेका छन् । निकट भविष्यमा हिमालय र जजिराले समेत यहांबाट उडान भर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement