काठमाडौं – एक जना अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कृष्णदासलाई शुक्रबार (आज) अदालतमा उपस्थित गराइएको छ । उनलाई बयानका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको हो । अहिले उनकाे बयान लिने काम भइरहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुने जानकारी दिए ।
मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
भित्र बयान लिने काम भइरहँदा बाहिर भने उनका समर्थकले नारा लगाइरहेका छन् । समर्थकहरुले अदालतको गेट अगाडी उभिएर श्रीराम जय राम…. जय श्री राम…. जय जय राम… भन्दै हल्ला गरिरहेका छन् ।
महिला अनुयायीमाथि करणी गरेको आरोप लागेपछि कृष्णदासलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो ।




प्रतिक्रिया