बलात्कारकाे आरोपमा सिद्धबाबालाई पक्राउ पुर्जी जारी

बलात्कारकाे आरोपमा सिद्धबाबालाई पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको जनाएको छ। गिरीमाथि एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् । गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो ।

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।