काठमाण्डु – सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा विराटनगरमा पुनरावेदन दर्ता गरेको छ ।
अदालतको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालतमा पुनरावेदन रजिष्ट्रेसन दर्ता गरेको उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले जानकारी दिए ।
आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालतले मंसिर २२ मा सफाइ दिएको थियो ।




प्रतिक्रिया