काठमाण्डु- दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाण्डुको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।
काठमाण्डु जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।तर, कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ ।




प्रतिक्रिया