सी भ्रमणबारे पूर्वप्रधानमन्त्री र परराष्ट्र मामिलाका जानकारसंग बालुवाटारमा ओलीको छलफल

सी भ्रमणबारे पूर्वप्रधानमन्त्री र परराष्ट्र मामिलाका जानकारसंग बालुवाटारमा ओलीको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुझावका लागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मामिलाका जानकार र राजदूतसहित विज्ञहरुसंग छलफल आयोजना गरेका छन् ।

बिहीबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले छलफल आयोजना गरेका हुन् ।