शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक आजदेखि आन्दोलनमा

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक आजदेखि आन्दोलनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्यालय शिक्षासम्बन्धी विधेयकमा संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि उपसमितिले तयार पारेको प्रतिवेदनमा सहमति जनाउँदै निजी विद्यालय सञ्चालकका संगठन प्याब्सन र एन प्याब्सन लगायतले आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरूले विधेयकमा विरोध जनाउँदै पूरा नभए विद्यालय नै बन्द गर्ने चेतावनी पनि दिएका छन् ।

विधेयकबाट निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश नहटाए विद्यालय बन्द गर्ने उनिहरूको चेतावनी छ । निजी विद्यालयहरूका ४ छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा आफ्ना मागविपरीतका ५ बुँदा नहटाए आन्दोलन गर्ने घोषणा गरेका छन् । जसअन्तर्गत पूर्ण छात्रवृत्ति शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने उनीहरूको माग छ ।

उपसमितिले शिक्षा विधेयकको प्रतिवेदनमा निजी विद्यालयका मागलाई बेवास्ता गरेको भन्दै आन्दोलन घोषणा गरेको प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले बताए ।

उनकाअनुसार बिहीबार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गर्ने, शुक्रबार देशभरिमा स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने र संसद् भवन र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति घेराउ धर्ना गर्नेलगायतका विरोधका कार्यक्रम छन् ।

नेपाल शिक्षक महासंघले पनि आफ्ना माग विधेयकमा समेट्नुपर्ने अडान राख्दै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने जनाएको छ ।