मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने सिके राउतको खुलासा

मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने सिके राउतको खुलासा


काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने खुलासा गरेका छन्।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका हुन् ।

आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेसका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनको भनाइ छ ।उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत ष्रका छन् ।

‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका प्रतिबद्धता पुरा हुनुपर्छ । यस्तै, किसानसँग गरेका वाचा प्रतिबद्धता पुरा भए अहिलेकै सत्ता गठबन्धनमा हाम्रो समर्थन रहन्छ ।’, उनले भने ।

उनले यो गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको जानकारी दिएका छन् ।