काठमाण्डु- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भण्डारीको कार्यकाल सफल रहेको बताएका हुन् ।
‘राष्ट्रपति विद्या देवी भण्डारीज्यू सात वर्ष राष्ट्रियअध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।’
नागरिकता विधेयक पारित नगर्दा जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुतला पटकपटक जलाएका छन् । उनको विरोधमा नारा जुलुस पनि गरेका थिए । आज जनमत पार्टीका अध्यक्ष राउतले राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको भनि प्रसंशा गरेका छन् ।




प्रतिक्रिया