काठमाण्डु – धनुषामा जनमत सिके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा प्रहरीले लामो समयदेखि आन्दोलनरत राउतका कार्यकर्ता माथि गोली चलाएको हो ।
आन्दोलनकारीले बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेर बसिरहेको बेला सडक खुलाउन प्रहरी बल प्रयोग गरेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताएका छन् । आन्दोलनकारीले सडकमा टायर बालेर सवारी आवागमन अवरूद्ध पारेको थियो ।
प्रहरीले सडक खाली गर्न आग्रह गर्दा पनि नमान्दै उल्टै प्रहरीमाथि ढुंगा, लाठी प्रहार गरेको बस्नेतले बताए। उनका अनुसार त्यसपछि प्रहरीले ४ राउण्ड रवर बुलेट चलाएको हो। प्रहरीको गोली लागेर घाइते भएका जनमतका केही कार्यकर्ता र प्रहरीको वीरेन्द्रबजारमा उपचार भइरहेको छ।




प्रतिक्रिया