२५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका पवन चाम्लिङ विधानसभा चुनावमा पराजित

२५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका पवन चाम्लिङ विधानसभा चुनावमा पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ विधानसभा चुनावमा पराजित भएका छन् । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो ।

भारत निर्वाचन आयोगका अनुसार पोक्लोक–कामराङ विधानसभा क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) प्रमुखसमेत रहेका पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् ।

राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मत मात्र प्राप्त गरे ।