काठमाण्डु – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० ले शिक्षकहरूको अधिकार र सुविधामा प्रहार गरेको भन्दै फेरि देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
(आज) सोमबारदेखि सुरु हुने आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने महासङ्घले जनाएको छ।
गत वैशाखमा ९ बुँदे सहमतिपछि स्थगित भएको आन्दोलन भदौ ६ मा प्रतिनिधिसभामा पेश भएको नयाँ विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै पुनः सुरु गर्न लागिएको हो।
महासङ्घले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाएको छ।
आन्दोलनका कार्यक्रम
भदौ ११–२० दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लामा २ घण्टे धर्ना दिने
भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन, धर्ना, अवरोध र विरोध प्रदर्शन गर्ने




प्रतिक्रिया