बाँके – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक वर्षभित्र सिक्टा सिँचाइ आयोजनाको नहरको काम सक्ने निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको जीर्ण पश्चिमी नहर र निर्माणाधीन पूर्वी नहरको मंगलबार चार घण्टासम्म स्थलगत निरीक्षण गरी सिँचाइ मन्त्रालय, विभाग र सिक्टा सिँचाइ आयोजना सम्बद्ध प्रशासनिक नेतृत्वलाई आगामी वर्षायाम अघि पानी सञ्चालन गर्न निर्देशन दिएका हुन् । उनले दिनभर पश्चिमी जीर्ण नहर र मर्मत स्थलबारे जानकारी लिएका थिए ।
राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित आयोजनाको हेडवक्स स्थल पुगेर मन्त्री पुनले उर्जा, जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठ, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी र सिक्टा सिँचाइ आयोजना प्रमुखलगायत सहभागी थिए ।
उनले महानिर्देशक राजभण्डारीलाई महिनाको एक पटक अनिवार्य सिक्टाको स्थलगत निरीक्षण गर्न र सचिव श्रेष्ठलाई हरेक महिनामा एक दिन सिक्टा सिँचाइ आयोजनाको प्रगतिबारे मन्त्रालयमा समीक्षा गर्न निर्देशन पनि दिए । ‘पश्चिमी नहरको ४५ किलोमिटरमै एकसरो मर्मत गरेर फागुन चैत्रमा पानी चलाएर हेरौं । जहाँ समस्या पर्छ बनाउँदै जाऔँ’, उनले भने, ‘जति सकिन्छ । त्यतिमा पानी छोड्दै जनतालाई सिँचाइको सुविधा दिनसक्नुपर्छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया