काठमाडौं – बहुविवाहको मुद्दा लागेकी अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।
निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन्।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जी्विरूद्ध शिल्पा उच्च अदालत पाटन गएकी थिइन्। पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्। सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ।पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।




प्रतिक्रिया