नवराज सिलवाल ललितपुर–१ बाट चुनाव लड्दै, आर्थीक समृद्धी र सुशासन मुख्य नारा

नवराज सिलवाल ललितपुर–१ बाट चुनाव लड्दै, आर्थीक समृद्धी र सुशासन मुख्य नारा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पुर्व डिआईजी नवराज सिलवालले ललितपुरवाट चुनाव लड्ने टुंगो लागेको छ। सिलवाललाई नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर १ वाट उम्मेदवार बनाएको हो। 

 

 

 

एमाले स्थायी समितीको आएतबार बसेको बैठकले सिलवाललाई ललितपुरबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।  सिलवाललाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा नेपाल प्रहरीको महानिरीक्षक हुनबाट रोकिएको थियो।  

 

 

 

 

ललितपुरबाट चुनाव उठ्न लागेको हो भन्ने काठमाडौंपार्टीको प्रश्नमा सिलवालले टिकटको आधिकारीक निर्णयबारे आफुलाई जानकारी नभएको बताए । उनले भने ‘म चुनावको तयारी मा छु,पार्टीको आधिकारीक निर्णयपछि खबर गर्छु । ’

 

 

सिलवाललाई उम्मेदवार बनाउने विषयमा  एमालेका शिर्ष नेताहरु सबै एकमत देखिएका छन् ।  सिलवालसंग कांग्रेसबाट अर्थराज्यमन्त्री उद्य शमशेर राणा उम्मेदवार बन्दै छन् ।

 

सिलवालले आर्थीक समृद्धी र सुशासन आफ्नो मुख्य नारा भएको बताए । उनले देउवाले अधिनायकवादी चरित्र देखाएको आरोप समेत लगाए ।