सिमलताल बस दुर्घटना अपडेट : ११ शव भेटिए

सिमलताल बस दुर्घटना अपडेट : ११ शव भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ ।

खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीका अनुसार थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए/नभएको पुष्टि भइसकेको छैन ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शव भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।

यता, सुस्तामा भेटिएका दुवै शवको पहिचान भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अुनसार पहिचान खुलेका मध्ये एकजना भरतपुर महानगरपालिका–२२ पदमपोखरीका २२ वर्षीय सुदिप विक र अर्का एकजना रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मिया रहेका छन् ।

भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ख१५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मिया काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार थिए ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा गरी ६५ जना यात्रु रहेका थिए । दुबै बस शुक्रवार बिहान ३ः३० बजेतिर लेदोसहितको पहिरोका कारण त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।