सिमलताल बस दुर्घटना अपडेट : नारायणी नदीमा एक व्यक्तिको शव भेटियो

सिमलताल बस दुर्घटना अपडेट : नारायणी नदीमा एक व्यक्तिको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चितवनको सिमलतालमा भएको दुर्घटना भएको बसको खोजीका क्रममा एक व्यक्तिको शव फेला परेको छ । दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । तर ती व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुलेको छैन । ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको छ । उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार चितवनको गोलाघाटस्थित नारायणी नदीबीचमा एक व्यक्ति मृत भेटिएका हुन् । नदी बीचमा तैरिरहेको अवस्थामा अन्दाजी ३०-३५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

दु्र्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । शनिबार बिहानदेखि नै खोजी कार्य जारी राखिएको छ ।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिराखीको छ ।