संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो ।

उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।