सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई पक्राउ गरिएको जानकारी दिए। उनको विवरण भने केहीवेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वेलर्स नजिकै बुधबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। शंकास्पद वस्तु राखिएको स्थानमा नेपाल उत्थान क्रान्तिकारी नामक पार्टीको पर्चा समेत भेटिएको थियो। यसअघि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ ।

सिनामंगल–पुरानो बानेश्वर सडकअन्तर्गत खोटाङ हलेसी ज्वेलर्सनजिकै शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा तनाव भएको थियो। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।