सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि

सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया महिलाको काेराेनाकाे कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ ।

ती महिलाको धुलीखेल अस्पतालमा  उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको थियाे ।

२५ गते डिस्चार्ज भएर घर पठाइएको थियो । घरमा पुगेपछि ज्वरो आउने समस्या भएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो भने त्यहाँबाट धुलिखेल अस्पताल ल्याइएको थियो । धुलिखेलमा उनको कोरोना चेक गर्दा पोजेटिभ देखिएको थियो ।

मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।