काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् ।
मङ्सिर ४ मा हुने निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट सभामुख सापकोटाको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षमा सभामुख सापकोटासहित फूलम तामाङ र माधव सापकोटा सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसङ्ख्यकबाट पार्वती थामी सिफारिस भएका छन् ।
प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल, आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा र अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस भएका छन् ।
प्रदेशसभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा र प्रताप सि तामाङ सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दास र अपाङ्गबाट टीकाराम पराजुलीको नाम सिफारिस भएको छ ।




प्रतिक्रिया