काठमाण्डु – सरकारले बाढी प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले विपद् जोखिम न्यूनीकरण ऐन अन्तर्गत रहेर दुई जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकले ती क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत तथा पुननिर्माणका कामहरु अघि बढाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मनसुन सुरु भएलगत्तै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा धनजनको क्षति पु¥याएको थियो । त्यस्तै निरन्तरको वर्षापछि आएको बाढीले मनाङमा पनि क्षति गरेको थियो ।




प्रतिक्रिया