सिन्धुपाल्चोकमा बाढीकोे वितण्डा : घरसहित २ इन्जिनियर बगेर वेपत्ता

सिन्धुपाल्चोकमा बाढीकोे वितण्डा : घरसहित २ इन्जिनियर बगेर वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा गएराति परेको अविरल वर्षाका कारण बाह्रबिसे माथिका सडक अवरुद्ध भएका छन् । साथै बाढीले एक घरसहित २ जनालाई बगाएको छ ।
मार्मिङ खोलामा आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत् आयोजनामा कार्यरत साइट इन्चार्ज यादव प्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शनिबार राति भएको वर्षापछि भोटेकोसी गाउँपालिकाको स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने पुल बगाएको हो ।

मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त पारेको छ ।