सिन्धुपाल्चोक-१ मा एमालेको अग्रता


काठमाण्डु –  आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले )को अग्रता लिएको छ ।

सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मत प्राप्त पछ्याइरहेका छन् ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उनले दुई हजार एक सय ३९ मत पाउएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement