सिन्धुपाल्चोकमा ५ घण्टामा २३ वटा पराकम्प

सिन्धुपाल्चोकमा ५ घण्टामा २३ वटा पराकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २ बजे यता २३ वटा परकम्प गएका छन् । शुक्रबार विहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गयो थियो। त्यसपछि बिहान साढे ७ बजेसम्म २३ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । कार्यालयले भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित छन् ।

भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । पहिरोमा मानवीय क्षति भएको छैन् ।