काठमाण्डु – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जनाकाे मृत्यु भएकाे छ । मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।
हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ, उनले भने, घर,टहरा, पुललगायत संरचना बगेका छन्। बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको प्रजिअ पोखरेलले बताए ।
बाढी आएसँगै मेलम्चीमा रहेको सशस्त्र प्रहरीको क्याम्प समेत विस्थापित भएको छ। सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेका छन् ।




प्रतिक्रिया