सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिमा पहिरोले २१ घर पुरिए

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिमा पहिरोले २१ घर पुरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरोले २१ घर पुरिएका छन्। पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।वडा अध्यक्ष प्रताप लामाले भने ‘गाउँमा २१ घर छन्, सबै घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’

सम्पर्कविहीनहरुको खोज र उद्धार हुन सकेको छैन । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो । वडाध्यक्ष लामाले हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको बताए ।

यस्तै प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार के कति क्षति भयो भन्ने बारेमा प्रहरी घटनास्थल पुगेपछि थाहा हुने जनाएकाे छ। यसबारे थप विवरण आउन बाँकी छ।