सिंहदरबार काबुबाहिर गएपछि छाडेर हिँडे सुरक्षाकर्मी

सिंहदरबार काबुबाहिर गएपछि छाडेर हिँडे सुरक्षाकर्मी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा जेनजी प्रदर्शनकारी प्रवेश गरेर परिस्थिति काबुबाहिर भएपछि सुरक्षाकर्मी छाडेर हिँडेका छन् ।

सुरक्षाकर्मीले प्रदर्शनकारीलाई आफूहरू सुरक्षित स्थानमा जान चाहेको भनेपछि उनीहरू सिंहदरबार छाडेर हिँडेका हुन् ।

जेनजी प्रदर्शनकारीले मंगलबार बिहानैदेखि प्रदर्शन थालेर संसद् भवनमा आगजनी गरेपछि सिंहदरबार कब्जा गरेका छन् ।