सिंहदरबारभित्र छिरे प्रदर्शनकारी

सिंहदरबारभित्र छिरे प्रदर्शनकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबारदेखि सुरु भएको ‘जेनजी आन्दोलन’ मंगलबार झन् उग्र बनेको छ । बिहानैदेखि निरन्तर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेट तोडी भित्र प्रवेश गरेका छन् ।

सिंहदरबारलाई अत्यन्तै सुरक्षित क्षेत्र मानिन्छ । त्यहाँ प्रवेश गर्न सामान्य अवस्थामा पनि कडा सुरक्षा व्यवस्था हुने गर्छ । तर आज ठूलो सङ्ख्यामा युवा भेला भई सुरक्षाकर्मीको अवरोध तोड्दै सिंहदरबारभित्रै पसेका हुन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, सुशासन, भ्रष्टाचार अन्त्य र न्यायको मागसहित सोमबारदेखि काठमाण्डु उपत्यकासहित देशका प्रमुख सहरहरूमा युवाहरू सडकमा उत्रिएका छन् ।

पोखरा, बिराटनगर, नेपालगञ्ज, धरान, हेटौँडा लगायतका शहरमा पनि ठूलो संख्यामा युवाहरू प्रदर्शनमा सहभागी भएका छन् ।

यसैबीच, सिंहदरबार क्षेत्रमा थप सुरक्षा सतर्कता बढाइएको छ भने झडपको सम्भावना ननघट्ने संकेत देखिएको छ ।