काठमाण्डु – पृथ्वी जयन्ती मनाउने क्रममा सिंहदरबार अगाडी प्रहरी र राप्रपा समूहबीच झडप भएको छ ।
आज पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन काठमाण्डुको भद्रकालीमा राप्रपाले निकालेको र्यालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा प्रहरीले रोकेपछि झडप भएको थियो । यद्यपी अध्यक्ष राणालगायत राप्रपा नेताहरूले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
बाजागाजसहित मुल सडकमा निस्केका उनीहरुलाई प्रहरीले साइडमा हिड्न भनेपछि दुईपक्षबीच झडप भएको हो । सो झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक महिला घाइते भएकी छन् ।
घाइते ती महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका लागि अस्पताल लगिएको छ ।




प्रतिक्रिया