सिंहदरबारमा समीक्षा बैठक बस्दै, प्रधानमन्त्रीलाई मन्त्रीले कार्यविवरण बुझाउने

सिंहदरबारमा समीक्षा बैठक बस्दै, प्रधानमन्त्रीलाई मन्त्रीले कार्यविवरण बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरूले कार्यविवरण प्रस्तुत गर्ने भएका छन् ।

सोमबार अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रीहरूले चौमासिक कार्यसम्पादन प्रगति प्रस्तुत गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

‘चौमासिक कार्यसम्पादन प्रगति बैठक राखिएको हो । मन्त्रीहरूले कार्यप्रगति विवरण बैठकमा राख्नुहुनेछ,’ सल्लाहकार थापाले भने।

बैठकमा मन्त्रीहरू र सचिवहरू सहभागी हुनेछन् । मन्त्रीहरूले कार्यप्रगति सुनाइसकेपछि प्रधानमन्त्रीले निर्देशन दिने कार्यक्रम पनि छ ।