बुटवल पुगेर देउवामाथी खनिए रिजाल भने ‘एकलौटी निर्णय भए मान्य हुँदैन’

बुटवल पुगेर देउवामाथी खनिए रिजाल भने ‘एकलौटी निर्णय भए मान्य हुँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप लगाएका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उनले दिए।

काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले भने, ‘एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।’