भेडीगोठमा पसेर भालुले मार्यो डेढ लाखका भेडा

भेडीगोठमा पसेर भालुले मार्यो डेढ लाखका भेडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिँजा – कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ ।

गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए । लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे ।

‘वर्षौं दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ । रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भयो,’ उनले भने ।

निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए ।