एजेन्सी – जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । स्वास्थ्य समस्याका कारण आबेले प्रधानमन्त्रीबाट राजीनामाको घोषणा गरेका हुन् ।
६५ वर्षीय प्रधानमन्त्री आबेले ८ वर्ष सरकार सञ्चालन गरेका थिए । आबे जापानमा सबैभन्दा लामो समय सरकार सञ्चालन गर्ने प्रधानमन्त्री हुन् ।
उनले आन्द्राको रोगका कारण उपचार गराइरहेका छन् । राजीनामा घोषणा गर्दै उनले भने, ‘मैले धेरै शक्ति गुमाइसकेको छु । अब मलाई नियमित चिकित्सा उपचारको आवश्यककता पर्दछ ।’
त्यस्तै उनले खराब स्वास्थ्यले गलत राजनीति गर्न नहुने पनि बताएका छन् । उनले नियमित उपचारका लागि राजीनामा दिएको बताए ।
‘म रोगसँग लड्दै छु र मैले उपचार गर्नुपर्छ । खराब स्वास्थ्यले गलत राजनैतिक निर्णय लिनु हुँदैन,’ उनले पत्रकार सम्मेलनमा भने ।
रिपोर्टकाअनुसार आबेले गत वर्ष मात्रै रगत वान्ता गरेका थिए । उनले त्यसको एक वर्षपछि आफ्नो कार्यकालबाट बिदा लिएका हुन् ।




प्रतिक्रिया