सिरहामा मोटरसाइकल र एम्बुलेन्स एकापसमा ठोक्कियो, २ जनाको मृत्यु


सिरहा – सिरहामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुर्ब पश्चिम राजमार्ग अन्तरगत गोलबजार न.पा. ४ मा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सिरहा नपा–१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्सले एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको छ भने मण्डलको उपचारको लागि विराटनगर लग्दै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement