सिरहामा हतियार सहित दुई युवक पक्राउ

सिरहामा हतियार सहित दुई युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– महेश सिंह महतो

सिरहा- सिरहाको कल्याणपुरबाट दुई युवकलाई शनिबार प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका–११ बस्ने सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर ३ को कारी मंसुरीको २४ वर्षीय छोरा मो. जाकीर मिया रहेका छन् । शनिबार ११ बजे रातिको समयमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले दुबैजनालाई पक्राउ गरेको हो।

युवकहरु लिएर गाउँमा घुमफिर गरिरहेको बेला सूचनाको आधारमा साबार रहेको बी. आर. ३२ क्यु. १३८० नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताए । पक्राउ परेका दुबैमाथि हातहतियार तथा खरखजाना अन्र्तगत मुद्दा चालाइने डिएसपी बोहराले त्यो एरियामा प्रहरीको निगरानी विशेष गर्ने गरेको बताए ।