सिरहामा प्रहरी र थुनुवाको कोरोना परीक्षण

सिरहामा प्रहरी र थुनुवाको कोरोना परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा कोरोना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । रासस