काठमाण्डु – भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका सीरन किशोर श्रेष्ठको शव सोमबार अन्त्येष्टि गरिएको छ ।
मृत्यु भएको ७ दिनपछि सोमबार बल्ल श्रेष्ठको शव अन्त्यष्टि गरिएको हो । उनलाई पशुपतिमा लगेर जलाइएको हो ।
उनका बुवा बसन्त किशोर श्रेष्ठले देशलाई अन्याय र भ्रष्टाचारमुक्त बनाउनका लागि विद्रोहीको रूपमा गएको परिणाम आफूहरूले भोग्नुपरेको बताए ।
उनले भने, ‘देशलाई अन्याय र भ्रष्टाचारमुक्त बनाउनका लागि मेरो छोरा पनि आन्दोलनमा गएको थियो । उसलाई छातिमा २ वटा गोली लागेको थियो । उसलाई सिभिल अस्पतालमा लगेको थियो । त्यहाँबाट केएमसी लगियो, त्यहाँ लगेको केही मिनेटमा नै उसको मृत्यु भयो । बुढी बालबच्चा भएको मान्छे थियो ।’




प्रतिक्रिया