काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले उपत्यकामा युवतीमाथि कथित रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाउने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई बिहिबार मध्यराति पक्राउ गरि आज (शुक्रबार) सार्वजनिक गरेको हो ।
उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर काठको सुइरो र ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् । केटीप्रतिको आकर्षणले आफूले यस्तो गर्ने गरेको उनको भनाई छ ।
बाटोमा युवतीहरुलाई एक्लै देखे उनले आक्रमण गर्ने गरेका थिए । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया