काठमाण्डु – संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा कार्यवाहक राजदूत उर्बोमले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
सो अवसरमा उनीहरूबिच नेपाल र अमेरिकाबिचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
आगामी दिनमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप बलियो बनाएर लैजाने विषयमा पनि भेटमा कुराकानी भएको थियो ।




प्रतिक्रिया