एजेन्सी – एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर उक्त भाडोमा फालेको आशंकामा प्रहरीले पक्राउ गरेको छ । एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको जनाइएको छ ।
विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका हुन् । उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल लगेका थिए । उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको जनाइएको छ ।




प्रतिक्रिया